+
+

प्रदीप पौडेलको प्रश्न : ट्रायल दिएको वर्ष दिनसम्म लाइसेन्स किन आउँदैन ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १९:३४

१७ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ट्रायल पास गरेकाहरूले स्मार्ट लाइसेन्स नपाएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ट्रायल पास भएको वर्ष दिनसम्म पनि सवारी लाइसेन्स नआउने गरेको बताए ।

‘स्मार्ट लाइसेन्स दिने भनेर काम गरेको एक दशक भइसक्यो, छिटो छरितो काम हुन्छ भने पनि उल्टो भयो । ट्रायल दिएको वर्षदिनसम्म लाइसेन्स आउँदैन । आएकाको पनि फोटो प्रष्ट नहुँदा चेकिङमा समस्या परेको सुनिन्छ,’ उनले भने ।

उनले लाइसेन्स नहुँदा राजस्व तिरेको भौचरबाट काम चलाउनुपर्ने बाध्यता रहेको पनि बताए ।

प्रदेशहरूबाट पनि लाइसेन्स छपाइको व्यवस्था गर्न सरकारलाई उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?