+

कोशी प्रदेशस्तरीय कबड्डी सुरु

२०८१ असार  १७ गते १९:४४ २०८१ असार १७ गते १९:४४
कोशी प्रदेशस्तरीय कबड्डी सुरु

१७ असार, विराटनगर । मोरङको बूढीगंगास्थित टंकीसिनवारीमा प्रदेशस्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेल खेलेर बाँच्ने र गौरव गर्ने सक्ने अवस्था अझै बन्न नसकेको बताए । उनले खेलाडीहरू देशको गौरव हुन् भन्ने स्थापित गर्न प्रदेश सरकार र प्रदेश खेलकुद बोर्डले प्रयास गरिरहेको दाबी गरे ।

कबड्डी नेपालको धेरै खेलिने खेल र गौरवको खेल पनि भएको बताउँदै, सदस्य सचिव बस्नेतले भने, ‘खेलाडीहरूलाई सर्वोपरि ठानेर बोर्डले काम गरिरहेको छ ।’

सोमबार भएको उद्घाटन खेलमा सोलुखुम्बु र उदयपुर ४३–४३ प्वाइन्टको बराबरी खेल्दै १–१ अंक बाँडेका छन् ।

प्रतियोगितामा कोशी प्रदेशका १२ वटा जिल्लाको मात्रै सहभागिता रहेको छ । भोजपुर र खोटाङले सहभागिता जनाएका छैनन् ।

कोशी प्रदेश
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय