+

पारा भारोत्तोलनमा सरितालाई स्वर्ण

२०८१ असार  १७ गते १९:५२ २०८१ असार १७ गते १९:५२
पारा भारोत्तोलनमा सरितालाई स्वर्ण

१७ असार, काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा कोशी प्रदेशकी सरिता थुलुङले सोमबार स्वर्ण जितेकी छन् ।

महिला ६७ केजीमाथि सरिताले ६५ केजी भारवहन गरिन् । बागमती प्रदेशकी संगिता लिम्बूले ४१ केजी तथा गण्डकी प्रदेशकी भावना केसीले ४० केजी तौल उठाउँदै क्रमशः रजत र कास्य हात पारे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको महिला ६७ केजीमुनि कोशीकी अनुकला राई पहिलो भइन् ।

अनुले ४२ केजी वजन उचालिन् । कोशीकै सम्झना वन दोस्रो तथा गण्डकीकी शर्मिला विश्वकर्मा तेस्रो भए । सम्झनाले ४० तथा शर्मिलाले ३६ केजी भारवहन गरे ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको ५० केजीमुनि ३४ केजी तौल उचालेकी लुम्बिनी प्रदेशकी हुमा मगरले स्वर्ण जितिन् । २५ केजी तौल उठाएकी सुदूरपश्चिमकी रोशनी थापा दोस्रो भइन् ।

दुईदिने प्रतियोगिताको पुरुषमा ४ र महिलामा ३ गरी ७ स्पर्धामा ४२ खेलाडीको सहभागिता रहेको राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालका अध्यक्ष टेकबहादुर गुरुङले जनाएका छन् । अन्तिम दिन मंगलबार पुरुषतर्फ ४ स्पर्धाको फाइनलमा हुनेछ ।

पारा भारोत्तोलन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय