+

खेलकुदमन्त्री श्रेष्ठ र कोरियाकी उपमन्त्रीबीच भेटवार्ता

२०८१ असार  १७ गते २०:०५ २०८१ असार १७ गते २०:०५
खेलकुदमन्त्री श्रेष्ठ र कोरियाकी उपमन्त्रीबीच भेटवार्ता

१७ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृति, खेलकुद र पर्यटन उपमन्त्री जाङ मि–रानबीच भेटवार्ता भएको छ ।

सोमबार कोरियाको सिओलमा भएको भेटमा कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्धको ५०औं वार्षिकोत्सवको अवसरदेखि खेलकुदका विविध क्षेत्रबारे छलफल भएको छ ।

उक्त अवसरमा मन्त्री श्रेष्ठले शैलुङमा बन्न लागेको हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको बारेमा जानकारी गराए । ट्रेनिङ सेन्टरको लागि सरकारले बजेट छुट्टयाएको र प्राथमिकताका साथ अगाडि बढाउने मन्त्री श्रेष्ठले बताए । उपमन्त्री मि–रानले सो सेन्टरको स्थलगत भ्रमण गर्ने प्रतिबद्धता जनाएकी छन् ।

भेटमा नेपाल र कोरियाको संस्कृतिको विषयमा पनि छलफल भएको थियो । यसैगरी युवाहरूको लागि नेपालमा मेडिटेसन सेन्टर निर्माणको विषयमा पनि सकारात्मक छलफल भएको छ ।

दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहेका मन्त्री श्रेष्ठले भोलि, मंगलबार कोरियन स्पोर्टस् एण्ड ओलम्पिक कमिटीका अध्यक्ष लि–की हुङ र वर्ल्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डा. चुङवोङ चावोसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

विराजभक्त श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय