+

गुणराज विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने

२०८१ असार  १७ गते २०:४० २०८१ असार १७ गते २०:४०
गुणराज विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने

१७ असार, काठमाडौं । मुवाँथाई खेलाडी गुणराज रुचाल विशेष प्रशिक्षणका लागि मंगलबार थाइल्यान्डको बैंकक जाने भएका छन् ।

एकमहिने विशोष प्रशिक्षण गुणराजले बुधबारदेखि सुरु गर्ने छन् । उनले बैंककस्थित टाइगर आई मिक्स मार्सल आर्ट्स एकेडेमीमा प्रशिक्षण गर्ने छन् ।

प्रतियोगिता र प्रशिक्षणका लागि गुणराज थाइल्यान्ड जान लागेको यो १२ औं पटक हो।

२०७१ सालदेखि मुवाँथाई खेल्न थालेका गुणराजले आफ्नो करियरमा ७ स्वर्ण र २ कांस्य पदक जितेका छन् । त्यसमा मुख्य उपलब्धी भनेको गत फागुनमा बैंककमै भएको १९औं विश्व मुवाँथाई च्याम्पियनसिपमा जितेको स्वर्ण हो ।

उनले सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जितेका थिए। त्यो स्वर्ण नेपाली मुवाँथाईको इतिहासमा कुनैपनि खेलाडीले सेमी प्रोमा जितेको एक मात्र स्वर्ण हो ।

मुवाँथाईअघि गुणराजले सितोरियो कराते र आइकिडो खेलेका थिए । प्रशिक्षणका दौरान मिल्यो भने प्रतियोगिता पनि खेल्ने गुणराजले बताए ।

गुणराज रुचाल थाइल्यान्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय