+
+

रोल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते २१:१३
तस्वीर : वुद्धिमान वली ।

१७ असार, काठमाडौं । (अपडेट) रोल्पाको माडी गाउँपालिका-३ परेवा छहरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

माडी गाउँपालिका २ घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२  जिप सोमबार बेलुकी करिब ४ बजे सडकबाट ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको छ । हालसम्म ५ जना घाइतेलाई अस्पताल ल्याइएकामा २ जनाको मृत्युको घोषणा भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए ।

जिपमा १५ जना सवार रहेको जानकारी आएको उनले बताए । उनीहरुलाई पनि उद्दार गरेर जिल्ला अस्पतालतर्फ ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?