+
+

कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्ती मनाउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते ५:५६

१८ असार, काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

यस अवसरमा कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी र बहस कार्यक्रम गर्दै छ ।

कार्यक्रमको पहिलो सेसन फोटो प्रदर्शनी हुनेछ । कोइरालासँग सम्बन्धित १५१ भन्दा बढी फोटो प्रदर्शनीमा राखिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।

‘२००७ सालदेखि २०६४ सालसम्मका इतिहासले समेट्ने फोटोहरू राखिन्छ । ती सबै फोटो गिरीजाबाबुसँग सम्बन्धित हुनेछन्,’ विश्वकर्माले भने ।

कोइरालालाई विमर्शको केन्द्रमा राखेर तीन शीर्षकमा बहस कार्यक्रम समेत हुने छ । ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक बहसमा वक्ताका रुपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली रहने छन् । उक्त बहसको सहजीकरण राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले गर्नेछन् ।

बहसको दोस्रो विषय ‘समुन्नतिको दोस्रो जग’ राखिएको छ । उक्त बहसमा लेखक हरि शर्मा, अच्युत वाग्ले र मञ्चला झाले धारणा राख्नेछन् । ’समुन्नतिको दोस्रो जग’ विषयको बहसको सहजीकरण अर्थविद् डा. विश्व पौडेलले गर्नेछन् ।

जन्मजयन्तीमा नौलो कार्यक्रमका रूपमा फोटो पत्रकारलाई पनि वक्ताका रूपमा राखेर बहस गर्न लागिएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । ‘फोटो पत्रकारिता : जोखिम र अनुभव’ शीर्षकको छलफलमा फोटो पत्रकारहरू चन्द्रशेखर कार्की, गोपाल चित्रकार, विकास रौनियार र प्रकाश माथेमा वक्ता हुनेछन् । फोटो पत्रकारसँगको संवादलाई पत्रकार सुधीर शर्माले सञ्चालन गर्ने  छन् ।

कार्यक्रममा प्रमुख दलका नेताहरुलाई पनि आमन्त्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?