+

आत्मघाती गोलमा भाग्यमानी बन्दै फ्रान्स क्वाटरफाइनलमा

२०८१ असार  १८ गते ७:४० २०८१ असार १८ गते ७:४०
आत्मघाती गोलमा भाग्यमानी बन्दै फ्रान्स क्वाटरफाइनलमा

१८ असार, काठमाडौं । समूह चरणदेखि गोल गर्न संघर्ष गर्दै आइरहेको फ्रान्स आत्मघाती गोलको सहयोगमा युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ अन्तर्गत डुसेलडोर्फमा गएराति भएको खेलमा फ्रान्सले बेल्जियमलाई १-० ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो ।

फ्रान्सको जितमा खेलको ८६औं मिनेटमा बेल्जियमका जान भर्टोङगनले आत्मघाती गोल उपहार दिएका थिए ।

फ्रान्सका रान्डल कोलो माउनीले हानेको सट बचाउने क्रममा भर्टोङलाई डिफ्लेक्ट हुँदै गोल भएको हो ।

बेल्जियम भने अन्तिम १६ बाटै बाहिरिएको छ ।

फ्रान्सले अब क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय