+

स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगल क्वाटरफाइनलमा

२०८१ असार  १८ गते ७:४५ २०८१ असार १८ गते ७:४५
स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगल क्वाटरफाइनलमा

१८ असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाए पनि गोलकिपर डिएगो कोस्टा नायक बनेपछि पोर्चुगल स्लोभेनियालाई पेनाल्टीसुटआउटमा हराएर युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित र थप ३० मिनेटको खेल गोलहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । जहाँ पोर्चुगलका किपर नायक बन्दै तीन पेनाल्टी बचाए ।

त्यसअघि नै अतरिक्त समयमा पोर्चुगलले पेनाल्टी पाएको थियो । तर, क्रिस्टियानो रोनाल्डोको पेनाल्टी प्रहार स्लोभेनियाका गोलकिपर जान ओबलाकले बचाएका थिए ।

पेनाल्टी सुटआउटमा भने ओबलाकले केही गर्न सकेनन् ।

सुटआउटमा पोर्चुगलका लागि रोनाल्डोसहित ब्रुनो फर्नान्डेज र बर्नार्डो शिल्भाले गोल गरे ।

स्लोभेनियाका लागि सुरुवाती तीन पेनाल्टी प्रहार गरेका कसैले गोल गर्न सकेनन् । जोसिप इलिसिच, जुर बाल्कोभिच र बेन्जामिन भर्विकले पेनाल्टीमा गोल गर्न सकेनन् । तीनैको प्रहार पोर्चुगलका गोलकिपर डिएको कोस्टाले बचाए ।

पोर्चुगल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय