+
+

अमेरिकी डलर महँगियो, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते ९:१०

१८ असार, काठमाडौं । मंगलबार अमेरिकी डलर अघिल्लो दिनको तुलनाम ९ पैसा महँगिएको छ । नेपाल राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८१ पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ २१ पैसा तोकेको छ ।

डलरसँगै रियाल, रिंगिट र दिराम भाउ सामान्य बढेको छ । बैंकले एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४३ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ २७ पैसा तोकेको छ ।

त्यस्तै एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७० पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ५४ पैसा तोकिएको छ । साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ६७ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५१ पैसा तोककिएको छ ।

सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सटही गर्दा खरिददर मूल्य पाउँछन् भने विदेशी मुद्रा लिनुपर्दा बिक्रीदर मूल्य तिर्नुपर्छ ।

एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ३९ पैसा, खरिददर मूल्य २८ रुपैयाँ २६ पैसा छ । १० जापानी यनको बिक्रीदर मूल्य ८ रुपैयाँ ३१ पैसा छ भने एक क्यानेडियन डलरको बिक्रीदर मूल्य मूल्य ९७ रुपैयाँ ७४ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?