+
+

बोडी, सिमी, करेला महँगियो, यस्तो छ कालीमाटीमा तरकारी भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते ९:३३

१८ असार, काठमाडौं । पछिल्लो एक सातामा बोडी, घिउसिमी, तिते करेला लगायत तरकारीको भाउ उच्च दरले बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक सातामा तने बोडी २२ प्रतिशत, घिउसिमी ४६, तिते करेला ८३, परवर ८५, हरियो फर्सी १६ प्रतिशतले महँगिएको छ । त्यस्तै कन्य च्याउ १००, डल्ले च्याउ १४ प्रतिशतले महँगिएको छ ।

कालीमाटी बजारमा मंगलबार तने बोडी अधिकतम प्रतिकिलो ५०, घिउसिमी ७०, तिते करेला ३५, परवर ४०, घिरौंला ७०, हरियो फर्सी ३५, भिण्डी ७० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै कन्य च्याउ १२०, डल्ले च्याउ २८०, कुरिलो २५०, न्यूरो ८०, ब्रोकाउली २०० प्रतिकिलोमा कारोबार भएको छ । रातो आलु ६२, ठूलो नेपाली गोलभेंडा ७०, प्याज ९५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?