+

उरुग्वे र पानमा क्वाटरफाइनलमा, अमेरिका बाहिरियो

२०८१ असार  १८ गते ९:४७ २०८१ असार १८ गते ९:४७
उरुग्वे र पानमा क्वाटरफाइनलमा, अमेरिका बाहिरियो

१८ असार, काठमाडौं । आयोजक अमेरिकालाई १-० ले पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लगातार तेस्रो जित निकाल्दै उरुग्वे समूह सी को विजेताको रुपमा अन्तिम ८ मा प्रवेश गरेको हो । कान्सास सिटीस्थित एरोहेड स्टेडियममा भएको खेलमा उरुग्वेका लागि माथिएस ओलिभेराले ६६औं मिनेटमा निर्णायक गोल गरे ।

हारपछि अमेरिका भने समूह चरणबाटै बाहिरिएको छ । अर्को खेलमा पानमाले बोलिभयालाई ३-१ ले हराएपछि अमेरिका समूहमा तेस्रो हुँदै बाहिरिएको हो ।

पानमाका लागि जोस फाजार्डो, एडुअर्डो गुएरेरो र सेजार यानिसले गोल गरे । बोलिभियाका लागि ब्रुनो मिरन्डाले सान्त्वना गोल फर्काए । दुई खेल जितेको पानमा भने समूह उपविजेताको रुपमा क्वाटरफाइनल प्रवेश गरेको छ ।

पहिलो खेलमा उरुग्वेसँग पराजित भएपछि पानमाले अमेरिकालाई हराएको थियो ।

कोपा अमेरिका २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय