+

तथ्यांकमा रोमानियासामु बलियो नेदरल्यान्ड्स

२०८१ असार  १८ गते १०:१८ २०८१ असार १८ गते १०:१८
तथ्यांकमा रोमानियासामु बलियो नेदरल्यान्ड्स

१८ असार, काठमाडौं । रोमानियाले युरो २०२४ को अन्तिम १६ को खेलमा आज नेदरल्यान्ड्सको सामना गर्दैछ । यो यस्तो खेलको शृंखला हो, जसमा अधिकांश समय नेदरल्यान्ड्स बलियो सावित हुने गरेको छ ।

तर, अहिलेसम्म नेदरल्यान्ड्सको प्रदर्शन राम्रो हुन सकेको छैन् । आफ्नो समूहको तेस्रो स्थानमा रहेर नेदरल्यान्ड्स नकआउट चरणमा पुगेको हो । रोमानिया भने समूह विजेता हुँदै आएको हो ।  यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् :

– रोमानियाले धेरैको अपेक्षाविपरीत आफ्नो समूहको शीर्ष स्थान कब्जा गरेको थियो । यसको प्रमुख कारण युक्रेनमाथि रोमानियाको प्रभावशाली जित थियो ।

– नेदरल्यान्ड्स पनि आफ्नो पहिलो खेलमा पोल्यान्डविरुद्ध पुर्नआगमन जित त रच्यो, तर त्यसपछि फ्रान्स र अस्ट्रियाविरुद्ध राम्रो गर्न सकेन् ।

– यो खेलको विजेताले अन्तिम आठमा अस्ट्रिया अथवा टर्कीको सामना गर्नेछ । सम्भावना के तयार छ भने सम्भवतः नेदरल्यान्ड्स र अस्ट्रियाबीचकै खेल दोहरिएर हुन सक्नेछ ।

– युरोमा रोमानिया नकआउट चरण पुगेको यो दोस्रो पटक मात्रै हो । यसअघि सन् २००० मा रोमानिया क्वाटरफाइनलसम्म पुगेको थियो ।

– नेदरल्यान्ड्स भने सन् १९८८ को विजेता हो ।

– यी दुई टिमबीचका १४ खेलमा नेदरल्यान्ड्स दशपल्ट विजयी रहेको छ । नेदरल्यान्ड्समाथि रोमानियाको एक मात्र जित सन् २००७ को युरो छनोटमा आएको थियो ।

नेदरल्याण्ड्स युरो २०२४ रोमानिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय