+

टर्कीलाई हराउने अस्ट्रियन सपना

२०८१ असार  १८ गते १०:४३ २०८१ असार १८ गते १०:४३
टर्कीलाई हराउने अस्ट्रियन सपना

१८ असार, काठमाडौं । अस्ट्रिया युरो २०२४ मा त्यो गर्न चाहन्छ, जुन अहिलेसम्म उसले गर्न सकेको छैन् । त्यो हो, क्वाटरफाइनल यात्रा ।

यो टिमले अविश्वसनीय रूपमा फ्रान्स र नेदरल्यान्ड्स जस्ता दिग्गज टिम सम्मिलित समूह जितेको थियो । यही अस्ट्रियाले आज रातिको खेलमा टर्कीको सामना गर्दैछ । टर्की नकआउट चरण त पुगेका छ, तर उसले अहिलेसम्म सबैको मन जित्ने खेल प्रदर्शन गर्न सकेको छैन् ।

यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् :

– युरो २००८ मा टर्की सेमिफाइनलसम्म पुगेको थियो र यसपल्ट यस्तै प्रदर्शनको आशमा छ । टर्की आफ्नो समूहको उप विजेता रहेको थियो ।

– सुरुआ फ्रान्सविरुद्धको खेल गुमाएपछि अस्ट्रियाले अविश्वसनीय ढंगले पोल्यान्ड र नेदरल्यान्ड्सलाई हराएको थियो ।

– अस्ट्रिया र टर्कीबीच भियनामा भएको पछिल्लो खेलमा एकपक्षीय नतिजा निस्केको थियो । त्यस खेलमा अस्ट्रिया ६-१ ले विजयी रहेको थियो ।

– सन् २००२ को विश्वकपमा छनोट हुनका लागि प्लेअफमा यही टर्कीले अस्ट्रियालाई समग्रमा ६-० ले हराएको थियो ।

– यसपल्टको युरोको ठीक अगाडि टर्कीले लय गुमाएको थियो र यसक्रममा प्रतियोगिता अगाडिका पाँच खेलमा कुनै जित निकाल्न सकेको थिएन् ।

– यी दुई टिमबीच अहिलेसम्म १७ खेल भएका छन् । त्यसमा अस्ट्रिया ९ पल्ट र टर्की ७ पल्ट विजयी रहेको छ ।

अस्ट्रिया टर्की युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय