+
+

ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार गर्नेले प्रहरीमा गरे आत्मसमर्पण

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते ११:३९

१८ असार, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-९ छेडामा एक व्यवसायीमाथि खुकुरी प्रहार गरी फरार भएका व्यक्तिले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

आत्मसपर्मण गर्नेमा ललितपुरकै भैसेपाटी घर भएका बाबा भनेर चिनिने राजेश केसी छन् । आत्मसर्मपण गरेका केसीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।

केसीले खुकुरी प्रहार गर्दा मनोज बाँनिया घाइते भएका थिए । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहको छ ।

बाँनियाले छेडामा बतासे कटेज बनाउँदै थिए । सोही क्रममा ७ असारमा उनीमाथि खुकुरी प्रहार भएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?