
१८ असार, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-९ छेडामा एक व्यवसायीमाथि खुकुरी प्रहार गरी फरार भएका व्यक्तिले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
आत्मसपर्मण गर्नेमा ललितपुरकै भैसेपाटी घर भएका बाबा भनेर चिनिने राजेश केसी छन् । आत्मसर्मपण गरेका केसीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।
केसीले खुकुरी प्रहार गर्दा मनोज बाँनिया घाइते भएका थिए । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहको छ ।
बाँनियाले छेडामा बतासे कटेज बनाउँदै थिए । सोही क्रममा ७ असारमा उनीमाथि खुकुरी प्रहार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4