+
+

बाबुरामको प्रचण्डलक्षित कटाक्ष-सबैलाई सधैं ठग्न सकिन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते ११:०५

१८ असार, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्डलक्षित कटाक्ष गर्दै सबैलाई सधैं ठग्न नसकिने बताएका छन् ।

मंगलबार बिहान बदलिएको राजनीतिक समीकरणतर्फ संकेत गर्दै सामाजिक सञ्जाल एक्समा एक स्टाटस लेख्दै भट्टराईले सत्ता संकटमा परेका प्रचण्डप्रति कटाक्ष गरेका हुन् ।

उनले एक चर्चित भनाइ उल्लेख गर्दै लेखेका छन्, ‘केहीलाई सधैंभरी ठग्न सकिन्छ; सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरी ठग्न सकिन्न।’

सशस्त्र विद्रोहताका लामो सहकार्य रहेको डा. भट्टराई र दाहालबीच उतारचढावपूर्ण सम्बन्ध रहँदै आएको छ ।

चुनावताका हेर्नलायक जुगलबन्दीमा रहेका नेताद्वयको सम्बन्ध चुनावपछि चिसिएको छ । चुनावताका भट्टराईले प्रचण्डका लागि आफूले जित्दै आएको गोरखा–२ छोडिदिएका थिए भने प्रचण्डले पनि भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई आफ्नो पार्टीको चुनाव चिह्न दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?