+
+

१ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते ११:४२

१८ असार, काठमाडौं । सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेकोमा मंगलबार १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?