+
+

कांग्रेसले बुधबार बोलायो कार्यसम्पादन समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १२:२५

१८ असार, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बोलाएको छ ।

बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

एमालेसँग भएको गठबन्धनका लागि भएको समझदारीलाई अनुमोदन गर्न बैठक बोलाइएको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन जारी गरिएको छ ।

यसअघि आज बिहान कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो । बैठकमा सभापति शेरबहादुर देउवाले एमालेसँग भएको समझदारीबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?