+
+

कांग्रेस-एमालेको समझदारी लोकतन्त्रका लागि खतरा : एकीकृत समाजवादी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १३:००

१८ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले कांग्रेस र एमालेबीच भएको सत्ता समीकरणको समझदारीलाई लोकतन्त्रका निम्ति पनि खतरा भएको टिप्पणी गरेको छ ।

सत्ताको सम्झौतामा संविधान संशोधनको कुरा गरिएकोमा पनि एकीकृत समाजवादीको विरोध छ ।

दशौं महाधिवेशनमा व्यस्त एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिए । ‘संसदका ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो । बहुदलीय राजनीतिको अपचलन संस्कृति हो ।

मुलुकलाई अस्थिरताको चक्रव्यूूहमा फसाउने काम हो,’ खतिवडाले भने । नेपाली कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो भएको बताउँदै उनले भने, ‘यो लोकतन्त्रका निम्ति पनि खतरा हो ।’

सत्ता सम्झौतालाई लिएर संविधान संशोधनको कुरा एकीकृत समाजवादीलाई मान्य नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?