+
+

थापाथलीमा बागमती पुलमुनि पुरुषको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १२:५३

१८ असार, काठमाडौं । थापाथलीको बागमती पुलमुनि एक पुरुषको शव भेटिएको छ । शवको प्रकृति हेर्दा सहज मृत्युजस्तो नदेखिएको  प्रहरीले बताएको छ ।

सोमबार भेटिएको उक्त शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । अहिलेसम्म पोष्टमार्टम रिपोर्ट आइनसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

उनका अनुसार उक्त शव नदीले बगाएर ल्याएको थियो । पुलमुनि आएर अड्किएपछि प्रहरीले निकालेको हो ।

अन्दाजी ३५ वर्षका पुरुषको शव फेला परेको २४ घण्टा बित्दा समेत सनाखत हुन सकेको छैन । शवको सनाखत भएपछि बल्ल थप विषयहरु खुल्ने भन्दै शव पहिचानको प्रक्रिया प्रहरीले अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?