+
+

दोस्रो सर्किट ब्रेकपछि सम्हालियो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १२:५४

१८ असार, काठमाडौं । मंगलबार दुई पटक पोजेटिभ सर्किट ब्रेक लागेपछि सेयर बजार सम्हालिएको छ । सत्ता समीकरण परिवर्तन हुने भएसँगै कारोबार सुरु भएको २ मिनेट नपुग्दै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

२० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु)ले बढेपछि ११ : २१ मा दोस्रो सर्किट ब्रेक लाग्न पुग्यो । दोस्रो सर्किट ब्रेक लागेपछि नेप्से परिसूचक २१६२ अंकमा पुगेको थियो । जुन अघिल्लो दिनको तुलनामा १०२ अंक बढी थियो ।

त्यसपछि ४० मिनेटका लागि कारोबार बन्द भयो । ४० मिनेटपछि १२ : ०१ मा खुल्ने बजारमा तेस्रो सर्किट ब्रेक लाग्ने धेरैको अनुमान थियो । तर एकाएक बिक्री चाप बढेपछि २१६२ अंकमा पुगेको बजार ओर्लिन थाल्यो । १२ : १० बजे नै बजार २०८७ अंकमा झर्‍यो ।

१२ : ५० बजे नेप्से २०९४ अंकमा रहेको छ । जुन अघिल्लो दिनको तुलनामा ४१ अंक बढी हो भने आजकै अधिकतमभन्दा ६८ अंक कम हो । यतिबेलासम्म २ अर्ब २२ करोडको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?