+
+

अजय र तब्बुको ‘औरो में कहाँ दम था’ ५ जुलाईमा नआउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १३:०१

काठमाडौं । अजय देवगण र तब्बु स्टारर बलिउड फिल्म ‘औरो में कहाँ दम था’ यही ५ जुलाई रिलिज हुने तय थियो । अब फिल्मले आफ्नो रिलिज मिति पछि सारेको छ ।

प्रभास र दीपिका पादुकोण स्टारर ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा धमाका मच्चाइरहेपछि अजय र तब्बुको फिल्म निर्धारित मितिमा रिलिज नहुने बलिउड हंगामाले जनाएको छ ।

‘कल्की’ का कारण स्क्रिन संख्या कम पाउने भएकाले रिलिज मिति सारिएको निर्मातालाई उद्धृत गर्दै खबरमा जनाइएको छ । फिल्मको अघिल्लो प्रदर्शन मितिलाई लिएर कुनै आधिकारिक घोषणा नभएपनि २ अगस्टमा ल्याउने निर्माताले योजना बनाइरहेका छन् ।

नीरज पाण्डेको लेखन तथा निर्देशन रहेको ‘औरो में कहाँ दम था’ मा अजय र तब्बुका साथै शान्तनु महेश्वरी शीर्ष भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?