+
+

सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १३:०३

१८ असार, जनकपुरधाम । सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका-३ खोरियाटोलका सुशिल मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनकै भाञ्जा करिब ८ वर्षीय आशिष मण्डल छन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार हिजो सोमबार दिउँसो करिब १ बजेदेखि खेल्ने क्रममा  दुवै बालक हराएका थिए । साँझ ५ बजे तिर प्रहरीलाई खबर आएपछि खोजबिन गर्दा आज मंगलबार बिहान साढे ८ बजेतिर स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेको डिएसपी सापकोटाले बताए ।

प्रहरीले शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?