+
+

जिमेल प्रयोगकर्ताका लागि ५ ट्रिक्स

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १३:२६

अधिकांश इमेल प्रयोगकर्ताको रोजाइमा जिमेल पर्दछ । विश्वमा जिमेल प्रयोगकर्ताको संख्या एक अर्ब ८० करोडभन्दा धेरै रहेको तथ्यांक छ ।

गुगल स्वामित्वको इमेल सर्भिस जिमेलले प्रयोगकर्ताका लागि विभिन्न सुविधाजनक र अत्याधुनिक फिचर्स उपलब्ध गराउँदै आएको छ । तर, आम साधारण प्रयोगकर्तालाई गुगलका ती फिचरहरुको बारेमा कमै जानकारी हुन्छ।

जिमेलका ती फिचरहरुको माध्यमबाट प्रयोगकर्ताको काम सहज बन्दछ र गज्जबको अनुभव हासिल गर्न सकिन्छ । जिमेल प्रयोगकर्ताले प्रयोग गर्नैपर्ने ५ गज्जबका फिचर यी हुन् :

कस्टमाइज्ड स्वाइप एक्सन

यो फिचरको मद्दतले इमेललाई सजिलैसँग व्यवस्थित गर्न सकिन्छ । यसबाट इमेललाई आर्काइभ गर्नुका साथै डिलिट गर्ने, अर्कोतिर सार्ने, read/unread र snooze गर्ने जस्ता काम गर्न सकिन्छ। इसका लागि :

  • सबैभन्दा पहिले जिमेलको सेटिङमा जानुहोस् र त्यसभित्र general setting मा क्लिक गर्नुहोस्
  • त्यसपछि स्वाइप एक्सनका माध्यमबाट आफ्नो आवश्यकता अनुसारका कुनै पनि विकल्पलाई छान्न सक्नुहुन्छ।

Confidential Mode :

जिमेलको यो विशेष फिचरका मद्दतले प्रयोगकर्ताले सजिलैसँग कुनै पनि संवेदनशील जानकारीहरु पठाउन सक्दछन् । यसका लागि composing मा तलपट्टि गएर लक तथा क्लक आइकनमा क्लिक गर्नुपर्छ । यो फिचरमा इमेल एक्सपाएर हुने मिति पनि तय गर्न सकिन्छ। साथै इमेलका दिइउका सामग्रीहरू सुरक्षित राख्नका लागि पासकोडको पनि प्रयोग गर्न सकिन्छ।

पासकोड प्रयोग गरेपछि कुनै पनि इमेलालई कपी, फरवार्ड, प्रिन्ट तथा डाउनलोड गर्न सकिनेछैन ।

Schedule Send को विकल्प

जिमेलमा schedule को विकल्प पनि उपलब्ध हुन्छ । यो फिचरका माध्यमबाट कुनै पनि इमेललाई एक निर्धारित समयमा प्रेषित हुनेगरी तय गर्न सकिन्छ । यसका लागि कम्पोजिङ इमेलमा गएर send बटनको Drop down arrow मा क्लिक गरी त्यसमा देखिने Schedule send को बटनमा क्लिक गर्नुपर्छ । यसमा इमेल प्रेषित हुने मिति तथा समय तय गर्नुपर्दछ।

विशिष्टीकृत खोजी

जिमेल प्रयोगकर्ताले सर्चबार विन्डोमा कुनै पनि इमेल खोज्नका लागि यो फिचरको सहयोग लिन सक्दछन् ।

कुनै पनि प्रयोगकर्तालाई आफ्नो जिमेलको इनबक्सका कुनै इमेल खोज्नका लागि यो फिचरबाट निकै सहज हुन्छ। साथै यसमा मिति आदिको माध्यमबाट पनि निश्चित इमेलहरु खेज्न सकिन्छ।

किबोर्ड शर्टकर्टस्

जिमेलमा विभिन्न प्रकारका कि बोर्ड शर्टकर्टस्हरु छन् । यी शर्टकर्टस्लाई चालु गर्नका लागि सेटिङ्समा जानुपर्छ । त्यसपछि सबै सेटिङ्सको विकल्पमा गएर general ट्याप गर्नुपर्छ । त्यहाँ किबोर्ड शर्टकर्ट्सका विभिन्न विकल्प उपलब्ध हुन्छन् । जस्तै सी अक्षर थिच्दा नयाँ composed email खुल्दछ । त्यस्तै यी अक्षर थिच्दा archieve email हुन्छ भने Shift+U बाट Mark as unread र G+I बाट go to inbox मा जान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?