
१८ असार, काठमाडौं। प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाइ हुने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानमाथिको उजुरी र उनको कार्ययोजनासहितको सुनुवाइ गर्ने मिति तय गरेको हो ।
संवैधानिक परिषद्ले सिफारिस गरेको प्रस्तावित निर्वाचन आयुक्त प्रधानमाथिको सुनुवाइ गर्ने विषयमा छलफल गरी सुनुवाइका लागि असार २० र २१ गतेको मिति पारित गरिएको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए ।
गत असार २ गते बसेको संवैधानिक परिषद् बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा नेपाल कानून समाजका कार्यकारी निर्देशक प्रधानलाई सो पदका लागि सिफारिस गरेको थियो ।
समितिको असार ७ गते बसेको बैठकले उनीमाथि उजुरी आह्वान गर्दै १० दिने सूचना जारी गरेको थियो ।
निर्वाचन पर्यवेक्षकको रुपमा समेत काम गरिसेका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया 4