+
+

कोरिया भ्रमण छोट्याएर स्वदेश फर्किँदै खेलकुदमन्त्री विराजभक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १३:३१
फाइल फोटो ।

१८ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ वैदेशिक भ्रमण छोट्याउँदै बुधबार नेपाल फर्कने भएका छन् । फरक राजनीतिक घटनाक्रम विकसित भएपछि उनी नेपाल फर्किन लागेका हुन् ।

विराज शुक्रबार कोरियाका संस्कृति, पर्यटन तथा खेलकुदमन्त्रीको निमन्त्रणामा एक हप्ताका लागि दक्षिण कोरिया भ्रमणमा गएका थिए । नेकपा माओवादीको नेतृत्वमा उनको पार्टी राष्ट्रिय स्वतन्त्रता पार्टी सरकारमा सहभागी थियो । मंगलबार बिहान बसेको पार्टीको बैठकले नयाँ सरकारमा सहभागी नहुने तर तत्काल राजीनामा नदिने निर्णय लिएको छ ।

सोमबार मध्यरातमा संसदका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आलोपालो सरकार चलाउने समझदारी गरेका छन् । २ दलको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने उनीहरुले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?