+
+

कांग्रेस मुख्यालयमा पुगे ओली (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १४:३१

१८ असार, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा गरेको ऐतिहासिक फोटो प्रदर्शनी हेर्न नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओली सानेपा पुगेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा ‘क्रान्ति देखि शान्तिसम्म’ नाम दिएर गरिएको ऐतिहासिक फोटो प्रदर्शनी अवलोकन गर्न ओली कांग्रेस पार्टी मुख्यालय सानेपा पुगेका हुन् ।

फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । फोटो प्रदर्शनीको पूर्वप्रधानमन्त्री ले अवलोकन गरिसकेका छन् ।

फोटो प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सबै पूर्वप्रधानमन्त्रीहरुले अवलोकन गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । फोटोमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भुमिकालाई अटाइएको उनले बताए ।

फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा(एमाले)का नेता प्रदीपकुमार ज्ञवालीले विचार राख्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी समुन्नतिको दोस्रो जग भन्ने शिर्षकमा छलफल काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर अच्युत वाग्ले, हरि शर्मा र मञ्चला झाले अभिव्यक्ति राख्ने जानकारी दिइएको छ ।

कार्यक्रममा ‘फोटो पत्रकारिता : जोखिम र अनुभव’ शीर्षकमा फोटो पत्रकार गोपाल चित्रकार, मीनरत्न बज्राचार्य, विकास रौनियार, चन्द्रशेखर कार्की, प्रकाश माथेमा, विकास कार्की लगायतका फोटोपत्रकारहरुले पनि बोल्ने कार्यक्रम रहेको प्रमुख विश्वकर्माले जानकारी दिए ।

 तस्वीरहरू : बाल्कोट फेसबुक पेजबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?