
तस्वीर : विकास श्रेष्ठ
१८ असार, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।
पार्टी मुख्यालय च्यासल ललितपुरमा एमालेको सचिवालय बैठक सुरू भएको हो ।
बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।
सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4