+
+

सेयर बजार २१०० अंकमा बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १५:२०

१८ असार, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २१०० अंकमा बन्द भएको छ । दुई पटक पोजेटिभ सर्किट ब्रेक लागेर केही बेर कारोबार स्थगित भएपनि दोस्रो ब्रेकपछि बजार सम्हालिन पुग्यो ।

अघिल्लो दिन २०५३ अंकमा बन्द भएको सेयर बजार ४७ अंक बढेर २१०० मा पुगेको हो । सत्ता समीकरण परिवर्तन हुने भएसँगै कारोबार सुरु भएको २ मिनेट नपुग्दै नेप्से ४ प्रतिशत बढेको थियो । दोस्रो पटक खुलेपछि बजार ५ प्रतिशत बढेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से २१६२ अंकमा पुग्यो ।

४० मिनेटपछि १२ : ०१ मा खुलेको बजार भने सम्हालियो । एकाएक बिक्री चाप बढेपछि १२ : १० बजे नै बजार २०८७ अंकमा झर्‍यो । अन्ततः बजार बन्द हुँदा ४७ अंक बढेर २१०० अंकमा कायम भयो । दिनभर कुल ४ अर्ब ५७ करोडको कारोबार भयो । अघिल्लो दिन २ अर्ब ९९ करोडको कारोबार भएको थियो ।

बैंकिङ ३.०३, उत्पादन ३.३ तथा व्यापार समूह ३.१२ प्रतिशत बढे । विकास बैंक २.०१, फाइनान्स २.११, होटल तथा पर्यटन १.०९, हाइड्रोपावर १.८, लगानी २.३, जीवन बीमा २.१७, माइक्रोफाइनान्स १.४५, निर्जीवन बीमा २.४३ र अन्य समूह सूचक १.७३ प्रतिशत बढे ।

हिमालयन डिस्टिलरीको मूल्य सबैभन्दा धेरै ८.५ प्रतिशत बढ्यो । समाज लघुवित्तको ६.९, गुडविल फाइनान्सको ५.७, नेसनल हाइड्रोपावरको ५.५ प्रतिशत मूल्य बढ्यो ।
उपकार लघुवित्तको ६.४, हिमालय ऊर्जा विकास कम्पनीको ६.२, विन्ध्यबासिनी हाइड्रोपावरको २.१ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, गुडविल फाइनान्स, युनाइटेड इदी मर्दी, हिमालयन रिइन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?