+
+

एनआईसी एसिया बैंकमा भाखा नाघेका ऋणीलाई छुटको अवसर

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १५:३३

काठमाडौं । एनआईसी एसिया बैंकले भाखा नाघेका ऋणीलाई लक्षित गरी छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ ।

बैंकका अनुसार २०८१ असार महिनाभित्रमा ऋण चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा छुट दिइने छ । २०८० चैत मसान्तमा भाखा नाघेका ऋणीहरूले यस्तो अवसर पाउने छन् ।

बैंकका अनुसार भाखा नाघेको ९१ देखि १८० दिनसम्म साधारण ब्याज रकममा १५ प्रतिशत छुट पाउने छन् भने १८१ देखि ३६५ दिनसम्म २५ प्रतिशत छुट पाइने छ । भाखा नाघेको अवधि ३६५ दिनभन्दा बढी भएमा ३५ प्रतिशत छुट पाउने छन् ।

देशको आर्थिक शिथिलताका कारण बैंकका ऋणीहरूमा पर्न गएको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने उद्देश्यले यस्तो योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?