+
+

उदयपुर सिमेन्टका अवकाश प्राप्त कर्मचारी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १६:५६

१८ असार, काठमाडौं । उयरपुर सिमेन्टबाट पाउनु पर्ने सेवा सुविधा रोकिएपछि उद्योगका अवकाश प्राप्त कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

१५ असोज २०७८ सम्म अवकास पाएका कुल ६५ जना कर्मचारीको ३२ करोड ७५ लाख रुपैयाँ सेवा सुविधाबापतको रकम उद्योगले भुक्तानी नगरेको आन्दोलनरत कर्मचारी राम जीसीले बताए ।

संघर्षरत कर्मचारीका तर्फबाट संयोजक जगरनाथ चौधरीका अनुसार कर्मचारीले १५ असारका दिन महाप्रबन्धकलाई पत्र लेख्दै १ महिनाको अल्टिमेटम दिइएको छ ।

सो अवधिभित्र समेत कर्मचारीले पाउनु पर्ने सेवा सुविधा भुक्तानी नभएका थप आन्दोलनको चेतावनी उनीहरूले दिएका छन् ।

उपदान, घर बिदा, उपचार खर्च, बीमालगायत सुविधा नियम अनुसार पाउनु पर्ने उनीहरूको माग छ ।

बहाल रहेको अवस्थामा मासिक तलबबाट कट्टा गरिएको तर कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषमा पठाउन बाँकी रकम समेत प्राप्त नभएको उनीहरूको भनाइ छ ।

तर, हरेक दिन धरासायी बन्दै गएको सरकारी स्वामित्वको उदयपुर सिमेन्टले कर्मचारीको सेवा सुविधाबापतको रकम दिन सकेको छैन ।

उद्योगमा अहिले २३५ जना कर्मचारी कार्यरत छन् । उद्योगको दैनिक उत्पादन र बिक्री दुवै घट्नु तथा यसको व्यवस्थापन सुधारमा सरकार गम्भीर नहुँदा कर्मचारी नै असुरक्षित महसुस गर्न थालेको जीसी बताउँछन् ।

सेवा निवृत्त भएको तीन वर्ष नाघिसक्दा पनि पाउनु पर्ने रकम भुक्तानी नभएपछि आन्दोलनमा उत्रनु परेको पूर्वकर्मचारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?