+
+

सशस्त्र द्वन्द्वको सामाजिक प्रभाव र शान्ति प्रक्रियाको तस्वीर देखाउन ‘शान्ति ग्यालरी’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १७:०९

काठमाडौं । काठमाडौं बूढानीलकण्ठमा ‘शान्ति ग्यालरी’ स्थापना गरिएको छ । मानव अधिकारका लागि एकल महिला समूहले बूढानीलकण्ठ नगरपालिका–७ स्थित छहारी भवनमा निर्माण भएको शान्ति ग्यालरीको सोमबार उद्घाटन गरियो ।

कार्यक्रममा शान्ति स्थापनाको लागि समग्र नेपाली महिलाले पुर्‍याएको योगदान झल्काउने ‘आराध्याती’ शालिकको पनि अनावरण गरिएको थियो ।

ग्यालरीमा १० वर्षे सशस्त्र द्वन्द्वकाल र शान्ति प्रक्रियामा योगदान पुर्‍याउने नेपाली महिलासहित अभियन्ता, योद्धाको चित्र र तस्वीरहरु घटनाक्रमको वर्णनसहित राखिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापाले द्वन्द्व वा अन्य समयमा श्रीमानको मृत्युपछि बालबच्चासहित समाज र परिवारमा शान्ति कायम राखेर अगाडि बढ्न सक्ने सशक्त महिलाको योगदानलाई शान्ति ग्यालरी र आराध्याती शालिकका रुपमा अभिलेखीकरण गरिएको बताइन् ।

नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाली एकल महिलाको समूहले गरिरहेको महिला सशक्तीकरणको अभियान प्रेरणादायी र अनुकरणीय रहेको भन्दै प्रशंसा गरिन् ।

शान्ति ग्यालरीमा समाजमा द्वन्द्वको प्रभाव, एकल महिलाले बालबच्चासहित समाजमा बाँच्नका लागि गर्नुपरेको संघर्ष, शान्ति प्रक्रियाका लागि बनेका ऐन, कानुन, आयोगहरूका गतिविधिलाई तिथिमितिसहित चित्र र तस्वीरमा हेर्न र पढ्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?