+
+

गरिबी, बसाइँसराइ र संकट भोगेको विलियम्स दाजुभाइको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १७:४०
इनाकी र निको विलियम्स (दायाँ) ।

१८ असार, काठमाडौं । ‘डस फेरारिस कन्ट्रा इटलिया’ इटलीविरुद्ध दुई फेरारिस । यो स्पेनको खेल पत्रिका मार्सामा प्रकाशित शीर्षक हो ।

युरो २०२४ अन्तर्गत समूह बी मा साविक विजेता इटली विरुद्धको खेलअघि निको विलियम्स र लामिन यामलको तस्वीर राखेर उक्त शीर्षकमा प्रमुख समाचार छापिएको थियो ।

प्रतिभाशाली यी दुई खेलाडीमध्ये विलियम्स १२ जुलाईमा २२ वर्ष लाग्दैछन्, यामल युरो फाइनलअघि १७ वर्ष पूरा हुन्छन् ।

यी दुई खेलाडी स्पेनको फुटबलको लागि उज्जवल भविष्यको रूपमा देखिएका छन् ।

यी दुई खेलाडीले जर्जियाविरुद्ध ४–१ कोे जितमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई क्वाटरफाइनलमा आयोजक जर्मनीसँग भेट पक्का गराएका छन् ।

सन् २००८ र २०१२ मा युरो जितेको स्पेन १२ वर्षपछि फेरि उपाधि जित्ने होडमा अघि बढिरहेको छ ।

जर्जिया विरुद्धको गोल विलियम्सको जारी युरोमा पहिलो गोल हो । स्पेनले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै जर्जियालाई हराएको थियो ।

निको विलियम्स १९८० यता युरोमा गोल गर्ने, असिस्ट गर्ने र आफ्नो शतप्रतिशत पास पूरा गर्ने एक्लो खेलाडी बनेका छन् । यामलले जर्जियाविरुद्ध ६ अवसर सिर्जना गरेका थिए । युरो नकआउट खेलमा २१ वर्षमुनिका खेलाडीले बनाएको यो दुर्लभ अवसर हो ।

निको विलियम्सलाई दाजु इनाकीले गरेको हेरचाह र साथबाट यामल निकै प्रभावित बनेका छन् ।

विलियम्स दाजुभाइ हाल एथलेटिक क्लबका लागि सँगै खेल्छन् । उनीहरू स्पेनमा भेदभाव विरुद्धको लडाइँमा पनि अग्र पंक्तिमा उभिंदै आएका छन् । स्पेनमा अझै पनि रंगभेदका छिटाहरू कायम छन् ।

गत साता मात्रै विलियम्सले मार्साको हेडलाइनमा आएको रंगभेदी शीर्षकविरुद्ध आपत्ति जनाएका छन् । जसमा स्पानिस महासंघले पनि उनको समर्थन गरेको छ ।
विलियम्स दाजुभाइ यसमा बढी सचेत छन् । उनीहरू हरेक अवसरमा रंगभेद विरुद्ध बोल्न अगाडि सर्छन् ।

‘हामी हरेक कुरा आमाबुबाका लागि गर्छौं’

निको विलियम्स र इनाकी जसरी स्पेनमा जन्मिए र हुर्के यसले मानव बेचबिखन, गरिबी, प्रेम र बसाइँसराइको बाध्यतालाई उजागर गर्छ ।

बाल्यकालमा निको विलियम्सले कहिल्यै बुझ्न सकेनन् कि उनको बुबा फेलिक्सको खुट्टामा किन समस्या थियो । जब उनी १८ वर्षको थिए र एथलेटिक क्लबबाट खेल्दै थिए । तब मात्र उनकी आमा मारियाले विलियम्सले बुबाको खुट्टाबारे बताइन् ।

मारियाका अनुसार घानाबाट राम्रो जीवनको खोजीमा बसाइँ हिंड्दै गर्दा उनका बुबाको खुट्टा तातो बालुवाले खाएको थियो । त्यतिबेला मारिया गर्भवती थिइन् ।

त्यतिबेला विलियम्सका आमाबुबा बेलायत हिंडेका थिए । तर बाटोमै डाँकाहरूले उनीहरूसँग भएको थोरै नगद पनि लुटिदिएपछि बीचमै अलपत्र परे ।

त्यो समूहले लुटपाटका साथै उनीहरूलाई अफ्रिकाको उत्तरी क्षेत्रमा गिरफ्तार गर्‍यो र घानाको सट्टा युद्धग्रस्त लाइबेरियाबाट आएको भनी राजनीतिक शरणार्थी बन्न सल्लाह दियो ।

समूहले उनीहरूलाई क्याथोलिक पादरी इनाकी मार्डोनेससँग सम्पर्कमा राखे । र बिल्बाओमा सार्वजनिक भवनमा राखे । त्यहींको एक अस्पतालमा इनाकीको जन्म भयो । उनीहरूले बन्दी जीवनबाट मुक्ति पाए ।

विलियम्सले भने ‘भगवानलाई धन्यवाद । हामी सबै अहिले यहाँ सँगै छौं, साँच्चै राम्रो जीवन बिताइरहेका छौं । हामीले जे गर्छौं त्यो हाम्रा आमाबुबाको लागि हो ।’

निको विलियम्सले आफू र दाइको राम्रो भविष्यमा लागि बुबाआमाले आफ्नो जीवन जोखिममा पारेको बताएका छन् । उनी भन्छन्, ‘म आफ्ना आमाबुबाबा असाध्यै प्रभावित छु । उनीहरूले हामीमा सम्मान र कडा परिश्रम गर्न सिकाए ।’

इनाकी जन्मिएपछि परिवार १५० किलोमिटर दक्षिण पूर्व पाम्प्लोनामा सरे । त्यहाँ निकोलस विलियम्स आर्थरको १२ जुलाई २००२ जन्म भयो । त्यतिबेलासम्म पनि परिवार आर्थिक अवस्थाबाट निकै गुज्रिएको थियो । विलियम्स जन्मिएको केही समयमै बुबा फेलिक्सले पैसा कमाउन बेलायत गए । उनले चेल्सी सपिङ सेन्टरको फूड हलमा टेबल सफा गरे र पछि सुरक्षा गार्डको रूपमा काम गरे ।

बुबा नभएको समयमा इनाकी नै विलियम्सको बुबाआमाजस्तै बने । आमाले दैनिक तीन ‘सिफ्ट’मा काग गरिन् । इनाकीले भाइको खाना खुवाउने, लुगा लगाइदिनेउनदेखि हेरचाहको सम्पूर्ण जिम्मा लिए ।

घानाका लागि खेल्ने निर्णय गर्दासमेत इनाकीले भाइ निको विलियम्सका लागि सबै हेरचाह गरे । निको विलियम्सलाई स्कुल पुर्‍याउनेदेखि राम्रो खेलाडी बन्नेसम्म प्रेरणा दिइरहे ।

निको विलियम्स भन्छन्, ‘इनाकी मेरो दाइमात्रै नभएर सबथोक हुन् । हिजोका दिनमा मलाई र आमाबुबालाई सहयोग गरेकै कारण मैले खाना पाएको थिएँ, बाँच्न पाएँ । त्यही प्रेरणाले म यहाँ छु ।’

२८ अप्रिल २०२१ मा घरेलु मैदानमा रियल भाल्लोडोलिडसँगको २–२ को बराबरीमा दुई विलियम्स दाजुभाइलाई वैकल्पिक खेलाडीको रूपमा मैदान उतारिएको थियो । सन् १९८६ पछि क्लबका लागि सँगै खेल्ने उनीहरू पहिलो दाजुभाइ बने ।

त्यसपछि, तिनीहरू तुरुन्तै आफ्नो आमालाई भेट्न गए । जसले कोभिड महामारीका लागि खेल्न हेर्न पाएका थिएनन् । कोभिडका कारण दर्शकलाई रंगशाखा प्रवेश दिइएको थिएन ।

निकाे विलियम्सलाई पछ्याउँछन् लामिन

निको विलियम्सले राष्ट्रिय टिममा नयाँ साथी फेला पारेका छन् । १६ वर्षीय स्टार यामलसँग उनको राम्रो सम्बन्ध छ ।

यतिबेला यो जोडी नाचेको तस्वीर, भिडियो ‘भाइरल’ छ । निको विलियम्सले जसरी आफ्नो दाजुसँग रमाउँथे अहिले त्यस्तै यी दुईबीच भएको छ ।

स्पेनलाई इटलीले हराएपछि निको विलियम्सले ठट्टा गर्दै भने, ‘मैले यामललाई पहिले नै भनिसकेको छु कि उसले ‘उनको बुबा’ म बाट धेरै सिक्नु छ ।’

लामिन यामल र निको विलियम्स (दायाँ)

मार्चमा मड्रिडको लसरोजासमा रहेको स्पानिस फेडेरेसमा भेट भएपछि यामल र विलियम्सको मित्रता सुरु भएको थियो । कोलम्बिया र ब्राजिलविरुद्ध स्पेनको मैत्रीपूर्ण खेलअघि भएको उक्त भेटमा निको विलियम्सलाई यामलमाथि सतर्क नजर राख्न भनिएको थियो ।

विलियम्सलाई बिदाको दिन फुर्सदको समयमा के गर्ने भनेर सोचिरहेका युवाहरूसँग बाहिर जान आग्रह गरियो । उनले स्वीकार गरे । यो महासंघको चतुर चाल थियो । जसले यामलका लागि निको विलियम्सभन्दा राम्रो मेन्टर अरू हुन सक्दैन भन्ने पूर्ण रूपमा बुझेको थियो ।

महासंघका प्रवक्ता भन्छन्, ‘निको विलियम्स उनको लागि राम्रो उदाहरण हुन् । यामलले निको विलियम्सको सबै कुरा कपी गर्छन् ।’

गत सेप्टेम्बरमा जर्जियाविरुद्धको युरोपियन च्याम्पियनसिप छनोटमा निको विलियम्स र यामललाई ल्याइएको थियो । त्यसयता स्पेनका प्रशिक्षक लुइस डे ला पुयन्टेले पछाडि फर्केर हेरेका छैनन् ।

विश्वका ठूला क्लबको नजर

निको विलियम्स ‘राइट फुटेड’ विंगर हुन् । जो दुवै विङ्ग्समा खेल्न सक्छन् र सेन्ट्रल पोजिसनबाट पनि ।

एथलेटिक क्लबका पूर्वमुख्य प्रशिक्षक गाइज्का गारित्नो भन्छन्, ‘उनी खेलेको हेर्नु रोमाञ्चक हुन्छ । उनी असाध्य तीव्र गतिमा खेल्न सक्छन्, उनको दाजुको भन्दा पनि ।’

युरो २०२४ को पहिलो खेलमा क्रोएसियाविरुद्ध निराशाजनक प्रदर्शन गरेपछि निको विलियम्सलाई आफू बाहिरिने डर थियो । तर यसले उनलाई इटली विरुद्ध के गर्न सकिन्छ भनेर झन् धेरै दृढ बनायो । त्यतिबेला उनले भनेका थिए, ‘म खुसी छैन । तर म अर्को खेलमा राम्रो गर्ने सबै प्रयास गर्नेछु ।’

विलियम्सले स्पेनका लागि १७ खेल खेलिसकेका छन् । उनको खेललाई नजिकबाट हेरेका प्रशिक्षक डे ला फुयन्टेका भन्छन्, ‘केही समयपछि नै विश्वका ठूला क्लबहरूले उनलाई पछ्याउने छन् ।’

डिसेम्बरमा निको विलियम्सले एथलेटिक क्लबसँग सम्झौता नवीकरणमा हस्ताक्षर गरेका थिए । उनी ३० जुन २०२७ सम्म यहीबाट खेल्नेछन् । यसमा ४९ मिलियन पाउण्ड रिलिज क्लज राखिएको छ ।

जुन चेल्सीलाई रोक्न पर्याप्त थियो । उनलाई चेल्सीले केही समय पछ्याएको थियो । निको विलियम्सले पनि आफू एथलेटिक क्लबमै खुसी भएको बताएका छन् ।

बीबीसीबाट अनुवाद

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?