+
+

नेपाल आइडल विजेता करण परियारको पहिलो गीत ‘सुस्तरी’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १८:०२

समय यो फर्काउनु छ सुस्तरी सुस्तरी

र, भेटाउनु छ त्यही पल त्यो मलाई यसरी

जहाँ तिमी अनि मेरो छुट्टै संसार हुन्थ्यो

एउटा रोए सँगसँगै अर्को पनि रुन्थ्यो

भर्खरै नेपाल आइडल सिजन ५ को उपाधि जितेका करण परियारले गाएको पहिलो सार्वजनिक गीत ‘सुस्तरी’ का शब्द हुन् यी । अतीतको यादको भाव व्यक्त गर्ने गीतलाई प्रदीप चापागाईंले लेखेका हुन् । गीतमा सिडी विजय अधिकारीको संगीत र कुशल सिंहको एरेन्ज छ ।

निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा मृत्यु भइसकेकी आफ्नी प्रेयसी र उनका यादहरुलाई स्मरण गरेको क्षणलाई प्रस्तुत गरिएको छ । भिडियोमा आकाश श्रेष्ठ र प्रिज्मा खतिवडा फिचर्ड छन् ।

भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन तथा कलर संयोजन छ । गीतलाई ‘अफिसियल प्रदीप चापागाईं’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

केही दिनअघि सम्पन्न नेपाल आइडल सिजन ५ को फिनालेमा करण विजेता बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?