+
+

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन ३६ करोड

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १३:५३

१८ असार, काठमाडौं । सरकारले विभिन्न प्राकृतिक विपत्तिको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन आगामी आर्थिक वर्ष २०८१/८२ मा करोडौं रुपैयाँ खर्च गर्दैछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार हिमनदी, बाढी भविष्यवाणी तथा पूर्वानुमान केन्द्रहरूलाई प्रभावकारी बनाउन सो रकम खर्च गर्ने योजना छ ।

मन्त्रालयका अनुसार आगामी आवका लागि जल तथा मौसम विज्ञान विभागले कुल ३५ करोड ९८ करोड रुपैयाँ बजेट पाएको छ ।

यसमध्ये चालु खर्च ११ करोड ३६ लाख रुपैयाँ खर्च हुने र बाँकी रकम उपकरण जडान र प्रविधिमा खर्च गर्ने योजना छ ।

आगामी आवमा हिम तथा हिमनदी अनुगमन नेटवर्कका म्यानुअल केन्द्रलाई स्वचालित केन्द्र अपग्रेड गर्ने योजना छ ।

थप केन्द्रमा उपकरण जडान, परीक्षण, स्थापना र मर्मत सुधार समेत गर्न २ करोड बजेट विनियोजन गरिएको छ ।

हिमतालमा ब्याथीमेट्रिक सर्भे, जीपीआर र टोपोग्राफिक सर्भेका लागि समेत ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

प्रदेश २ लगायत तराईका नदी तटीय क्षेत्र र सहरी क्षेत्रमा बाढी पूर्वानुमान केन्द्र सञ्जाल विस्तार गर्न ५० लाख विनियोजन भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

बाढी भविष्यवाणी केन्द्रका लागि आवश्यक सेन्सर, डाटा लगर, कम्युनिकेसन सिस्टमजस्ता खरिदमा ६० लाख विनियोजन गरिएको छ ।

च्छो रोल्पा हिमताल विष्फोटन जोखिम पूर्वसूचना प्रणाली सुदृढीकरणमा ४५ लाख छुट्याइएको छ ।

कर्णाली र नारायणी नदी बेसिनमा बाढी पूर्वानुमान प्रणाली स्थापना गर्ने कामका लागि ४ करोड विनियोजन गरिएको छ ।

खतरा र चेतावनीको तह पत्ता लगाउन बाढी भविष्यवाणी केन्द्रमा बाढी जोखिम नक्सांकन गर्न ५० लाख विनियोजन भएको मन्त्रालयले जनाएको छ ।

पर्यटकीय मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रणाली खरिद गर्न पौने २ करोड विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?