+
+

उत्कृष्ट ५०० भित्रका विश्वविद्यालयलाई मात्रै नेपालमा अनुमति दिन सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १९:११

१८ असार, काठमाडौं । नेपालमा सञ्चालित विदेशी शिक्षण संस्थाहरूको अध्ययनका लागि गठित समितिले विश्व वरीयताको ५०० भित्र पर्ने विश्वविद्यालयका कार्यक्रमलाई मात्रै अनुमति दिन सुझाव दिएको छ ।

समितिले टाइम्स हायर एजुकेसन र सांघाइ र्‍याङ्किङको उत्कृष्ट ५०० भित्र रहेका र नयाँ भए उत्कृष्ट १ हजारभित्र रहेका विश्वविद्यालयका मात्र कार्यक्रम सञ्चालनको अनुमति दिन सुझाव दिएको हो ।

विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ मा टाइम्स हायर एजुकेसन र सांघाइ र्‍याङ्किङको १ हजारभित्र हुनुपर्ने व्यवस्था छ ।

पूर्वसचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन तयार गर्दै यस्तो सुझाव दिएको हो ।

समितिले सम्बन्धित देशको मुनाफरहित विश्वविद्यालय हुनुपर्नेसमेत सुझाव दिएको छ ।

त्यस्तै एउटै भवन परिसरमा फरक फरक संस्थाका नाममा एक वा एकभन्दा बढी विश्वविद्यालयका कार्यक्रम सञ्चालन अनुमति नदिन सुझाएको छ ।

समितिको अनुसार हाल नेपालमा ८८ वटा शिक्षण संस्थाले विदेशी शिक्षण संस्था वा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

नेपालमा ए लेभल र सो सरहका ३२ वटासहित उच्च शिक्षा (स्नातक र स्नातकोत्तर) सम्म पढाइ हुने ५९ वटा कलेज तथा शिक्षण संस्था छन् । काठमाडौं उपत्यका बाहिर २२ विदेशी सम्बन्धनका कलेज तथा शिक्षण संस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?