+
+

प्रमाण पत्र समकक्षता सहज बनाउन नयाँ कार्यविधि

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १९:३५

१८ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक प्रमाण पत्र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ ।

शैक्षिक प्रमाण पत्रको समकक्षता सहज बनाउन कार्यविधि बनाइएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

कार्यविधिमा विभिन्न विश्वविद्यालय, प्रतिष्ठान तथा विद्यालयबाट जारी भएका शैक्षिक योग्यता प्रमाण पत्रको प्रमाणीकरण तथा समकक्षता प्रमाण पत्रको प्रमाणीकरण सम्बन्धी व्यवस्था गरिएको छ ।

विद्यालयको शैक्षिक योग्यता प्रमाणीकरण गर्न विद्यालय शिक्षाका कक्षा १ देखि कक्षा ९ सम्म तथा कक्षा ११ को प्रमाणपत्र प्रमाणीकरणको लागि सम्बन्धित विद्यार्थी वा अभिभावकले निवेदन दिन सक्नेछन् ।

निवेदनका साथ मार्कसिट, ट्रान्सफर तथा माइग्रेसन प्रमाण पत्र, सम्बन्धित स्थानीय तहको शिक्षा शाखा, महाशाखा वा अधिकृतस्तरको कर्मचारीबाट ‘भेरिफाइ’ गरी पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

कक्षा १० तथा १२ को प्रमाण पत्रको प्रमाणीकरणका लागि राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयबाट ‘भेरिफाइ’ गराउनु पर्नेछ ।

उच्च शिक्षाको लागि सम्पूर्ण प्रमाण पत्र बुझाएपछि माइग्रेसन जारी गर्न अधिकारप्राप्त निकायबाट ‘भेरिफाइ’ भए शाखा प्रमुखले प्रमाणीकरण गरिदिन सक्ने कार्यविधिमा उल्लेख छ ।

विदेशी विश्वविद्यालयबाट पढेको भए सम्बन्धित मुलुकको नेपालस्थित कूटनीतिक नियोगको भेरिफाइ गर्नुपर्ने त्यो सम्भव नभए स्वघोषणा गरेर निवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?