१८ असार, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमले रसियन महिला टिमसँग मैत्रीपूर्ण चलिबल खेल्ने भएको छ ।
नेपाल भलिबल संघका अनुसार र नेपाल राष्ट्रिय महिला भलिबल टिम र रसियन महिला भलिबल टिम साउन ६ र ७ गते मैत्रीपूर्ण खेल हुन लागेको हो ।
खेल त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ । नेपाली टिम हाल मिसन २०२६ अन्तर्गत प्रशिक्षणमा छ ।महिला भलिबल टिमले गत वर्ष चीनमा एसियाड खेलेको थियो ।
तस्बीर : आर्यन धिमाल
प्रतिक्रिया 4