+
+

कर्णालीमा ‘इन्टरप्रेनरसिप कन्क्लेभ’ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते १९:३२

१८ असार, सुर्खेत । कर्णालीमा ‘इन्टरप्रेनरसिप मोटिभेसनल कन्क्लेभ’ हुने भएको छ ।

राष्ट्र निर्माण मञ्च नेपाल र सृजनशील युवा राष्ट्रिय अभियानको संयुक्त आयोजनामा बुधबारदेखि कन्क्लेभ हुने भएको हो ।

युवाहरूमा उद्यमशीलताको भावना विकास गर्ने, पुँजी निर्माण र रोजगारी सिर्जना गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको संयोजक भूपेन्द्रजंग शाहीले जानकारी दिए ।

‘आर्थिक समृद्धि विना देशको विकास र नागरिकको जीवनस्तरमा रूपान्तरण सम्भव देखिँदैन । यसै सन्दर्भमा हामीले यो उद्यमशीलता अभियान थालनी गरेका हौं,’ संयोजक शाहीले भने ।

सम्मेलनमा राष्ट्रिय, प्रदेश र स्थानीय तहका उद्यमशील व्यक्ति र नीति निर्माताहरूसँग चरणवद्ध छलफल गरिने छ ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष, विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृत, उद्यमी लगायतको सहभागिता रहने छ । उद्यम गर्ने सोच बनाएका युवाहरूले भोग्नुपरेको अवरोध हटाउन सम्मेलनले सहयोग गर्ने आयोजकको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?