+

सुदूरपश्चिमलाई उपाधि

२०८१ असार  १८ गते १९:५२ २०८१ असार १८ गते १९:५२
सुदूरपश्चिमलाई उपाधि

१८ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत पुरुष गोलबलको उपाधि मंगलबार जितेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुदूरपश्चिमले सानोथिमी क्लबलाई २४–५ गोलले पराजित गर्‍यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय दृष्टिविहीन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ललितपुर क्लब तेस्रो भयो ।

प्रतियोगितामा सहभागी ४ टिमले सुरुमा राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । लिगका विजेता र उपविजेता पुनः उपाधिका लागि भिडेका थिए ।

पारा तथा विशेष खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय