+

प्रदेशस्तरीय कबड्डीमा सुनसरी अगाडि

२०८१ असार  १८ गते २०:०५ २०८१ असार १८ गते २०:०५
प्रदेशस्तरीय कबड्डीमा सुनसरी अगाडि

१८ असार, विराटनगर । मोरङको विराटनगरमा जारी प्रदेशस्तरीय कबड्डी प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरी ३ खेल खेल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

ताप्लेजुङ र पाँचथर समान अंक ४–४ का साथ दोस्रो स्थानमा छन् । उनीहरूले २–२ खेल खेल्दै जित निकालेका थिए । सोलुखुम्बुले १ खेलमा जित, १ खेल बराबरी र १ खेल हार्दै ३ अंक प्राप्त गरेको छ ।

झापा र मोरङले २–२ अंक प्राप्त गर्दा १ खेलमा जित, १ खेलमा हारेका छन् । इलाम १ खेलमा जित निकाल्दै २ अंक प्राप्त गरेको छ । उदयपुरले १ खेलमा बराबरी र १ खेल हार्दै १ अंक प्राप्त गरेको छ ।

त्यसैगरी, धनकुटा, संखुवासभा, तेह्रथुम र ओखलढुंगा कुनै पनि खेलमा नतिजा निकाल्न नसक्दा अंकविहीन अवस्थामा छन् ।

प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता छ । भोजपुर र खोटाङले सहभागिता जनाएका छैनन् ।

बुधबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेलकुद विकास बोर्डले जनाएको छ ।

कबड्डी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय