+
+

उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड, कम्तीमा ५० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते २०:२२
तस्वीर स्रोत : बीबीसी

१८ असार, काठमाडौं । भारतको उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड हुँदा कम्तीमा ५० जना तीर्थयात्रीको मृत्यु भएको छ ।

उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित सत्सङ्ग कार्यक्रममा मंगलबार घटना भएको हो । हाथरसका स्थानीय अधिकारी आशिषकुमारले ५० देखि ६० जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको जनाएका छन् ।

घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको बताइएको छ । कयौं महिला तथा बालबालिका अझै हराइरहेका छन् ।

घटनामा परी घाइते भएका सयौंको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार एक जना कथावाचकको प्रवचन सुन्न हजारौँ भेला भएको ठाउँमा भागदौड भएको थियो । भागदौडको कारण स्पष्ट भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?