+

बीबीए कप फुटबल हुने

२०८१ असार  १८ गते २२:५१ २०८१ असार १८ गते २२:५१
बीबीए कप फुटबल हुने

काठमाडौं । टियु बीबीए कप फुटबल प्रतियोगिताको १६औं संस्करण असास २० गतबाट सुरु हुने भएको छ । उद्घाटन खेलमा साविक विजेता तथा आयोजक शंकरदेव क्याम्पस र केसीएमआइटी कलेजबीच प्रतिस्पर्धा हुनेछ ।

आयोजक स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु), शंकरदेव क्याम्पसले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका बारेमा जानकारी गराएको हो । चन्द एण्ड ब्रदर्स प्रा.लिको व्यवस्थापनमा हुन लागेको प्रतियोगिता काठमाडौंको सानो गौचरण खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यापार प्रशासनमा स्नातक गरिरहेका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउनेछन् । सहभागी २६ टोलीलाई दुई पोलमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै हरेक खेलका म्यान अफ दि म्याचलाई ट्रफी प्रदान गरिनेछ । यसैगरी आयोजकले सर्वोत्कृष्ट खेलाडी र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ ।

महेन्द्र बहुमुखी क्याम्पस, धरानले आयोजना गरेको १५औं संस्करणमा शंकरदेवले फाइनलमा काठमाडौंकै एनसिसीलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको थियो । त्यसैले प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी शंकरदेवले प्राप्त गरेको हो ।

कार्यक्रममा एन्फाका सदस्य चन्दले विश्वविद्यालयमा प्रतियोगिताले राम्रो सन्देश दिने धारणा राखे । ‘बिबिए कपले टियुका विद्यार्थीहरु पढाई बाहेक खेलकुदमा पनि अगाडि रहेछ भन्ने सन्देश जानेछ,’ चन्दले भने ।

प्रतियोगिताको सुरुआत १८ वर्ष अगाडि शंकरदेव क्याम्पसको पहलबाट नै सुरु भएको हो । प्रतियोगितालाई त्रिभुवन विश्वविद्यालयले प्राविधिक सहयोग गर्दै आएको छ ।

बिबिए कप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय