+

मालेनको २ गोलमा नेदरल्याण्ड्स क्वाटरफाइनलमा

२०८१ असार  १९ गते ६:५९ २०८१ असार १९ गते ६:५९
मालेनको २ गोलमा नेदरल्याण्ड्स क्वाटरफाइनलमा

१९ असार, काठमाडौं । वैकल्पिक खेलाडी डोनयल मालेनको दुई गोल मद्दतमा नेदरल्याण्ड्स युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

म्युनिखस्थित एलिएन्ज एरेनामा मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३-० ले सहजै पराजित गरेको हो ।

खेलको २०औं मिनेटमै गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । त्यसपछि मालेनले अन्तिम १० मिनेटमा दुई गोल गरे । उनले ८३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

मालेनले इन्जुरी टाइमको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

बेल्जियम,स्लोभािकयालाई युक्रेनलाई पछि पार्दै समूहमा समूह विजेता बन्दै नकआउट चरण पुगेको रोमानियाले त्यही प्रदर्शन दोहोर्‍याउन  सकेन ।

नेदरल्याण्ड्सले अब सेमिफाइनल प्रवेशका लागि टर्कीसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय