+
+

संसारका जुनसुकै म्याक डोनाल्डमा किन सित्तैमा खान पाउँछन् बिल गेट्सले ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते ७:४९

कल्पना गर्नुहोस् त यदि तपाईं म्याक डोनाल्ड रेष्टुरेन्टमा गएर मज्जाले खानुहुन्छ, तर त्यसबापत एक रुपैयाँ पनि तिर्नु पर्दैन। यस्तो सपना देख्ने मान्छे दुनियाँमा धेरै होलान् । त्यो सबैका लागि केवल सपनाको विषय नै होला तर संसारमा एकजना यस्ता व्यक्ति पनि छन् जसले दुनियाँभरका जुनसुकै म्याकडोनाल्डमा गएर सित्तैमा खान पाउँछन् । उनी हुन् माइक्रोसफ्ट कम्पनीका सहसस्थापक बिल गेट्स ।

उनले संसारका जुनसुकै म्याक डोनाल्ड रेष्टुरेन्टमा गएर पैसा नै नतिरिकन पेटभर खान पाउँछन् ।

यो तथ्यको खुलासा अर्का अर्बपति वारेन बफेटले गरेका हुन् । उनका अनुसार बिल गेट्ससँग म्याक डोनाल्डको विशेष कार्ड छ, जसका कारण उनले नि:शुल्क रुपमा खान पाउँछन् ।

वारेन बफेटले एउटा अन्तरवार्ताका क्रममा आफूसँग एउटा विशेष कार्ड रहेको बताएका छन् र त्यसक्रममा उनले सोही कार्ड बिल गेट्ससँग पनि रहेको खुलासा गरे । अझ आफूसँग रहेको कार्डमा भन्दा बिल गेट्सको कार्डको अधिकतम सीमा धेरै भएको उनले बताए ।

आफूसँग रहेको विशेष कार्ड अमेरिकाको ओमाहा सहरसम्म मात्रै सीमित रहेको वारेन बफेटले बताए । त्यसैले उनले सहरका कुनैपनि म्याकडोनाल्डमा गएर सित्तैमा अर्डर गर्न सक्दछन् र त्यसको आनन्द उठाउन सक्छन् । त्यो सेवा उनलाई जीवनभरका लागि नि:शुल्क रुपमा दिइएको छ। आफू ओमाहा सहर छाडेर बाहिर कही पनि नजाने भएकाले आफ्ना लागि उक्त कार्डको सीमा पर्याप्त रहेको उनले बताए।

बफेटका अनुसार बिल गेट्ससँग भएको कार्ड भने उनको भन्दा झनै विशेष छ । गेट्सले उक्त कार्डको प्रयोग गरेर विश्वको जुनसुकै कुनामा रहेको म्याकडोनाल्ड रेष्टुरेन्टमा गएर सित्तैमा खाना खान पाउँछन् ।

उनका अनुसार यस्तो खालको सुविधा केही सीमित मानिसहरुलाई मात्र प्राप्त हुन्छ ।

आफूसँग अरु पनि विशेष कार्ड भएको वारेन बफेट बताउँछन् । त्यसको सहयोगमा उनले लोकप्रिय रेष्टुरेन्ट जोन्नी रकेट्समा पनि सित्तैमा सेवा प्राप्त गर्न सक्दछन् । त्यहाँ बफेटले आफूसँगै अन्य ३ जना साथी पनि लिएर जान पाउँछन् र उनीहरुले पनि सित्तैमा खान पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?