+
+

वैदेशिक रोजगारमा रहेकालाई रिलायन्स स्पिनिङको आईपीओ असार २७ देखि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते ८:५१

१९ असार, काठमाडौं । वैदेशिक रोजगारमा रहेकाहरुका लागि रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा असार २७ देखि आवेदन खुल्ने भएको छ । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कुल ११ लाख ५५ हजार ९६० कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्कासन हुन लागेको हो । साउन १० गतेसम्म उनीहरुले आवेदन दिन सक्नेछन् ।

न्यूनतम ५० कित्ता तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले मूल्य तय भएको छ । न्यूनतम ५० कित्ता भर्नुपर्ने व्यवस्था रहेकाले आईपीओ भर्न न्यूनतम ४१ हजार ४० रुपैयाँ चाहिन्छ । बुक बिल्डिङ विधिबाट कम्पनीको आईपीओ मूल्य तय भएको हो ।

कम्पनीले कुल जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६ सय कित्ता सेयर मात्रै सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । सो सर्वसाधारण समूहबाट ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर संस्थागत लगानीकर्ताले पाएका छन् ।

बाँकी ६० प्रतिशत अर्थात ११ लाख ५५ हजार ९६० कित्ता सेयर आम सर्वसाधारण, वैदेशिक रोजगारमा रहेका र प्रभावित स्थानीयका लागि जारी हुनेछ ।

सुनसरी जिल्लामा यस कम्पनीले धागो कारखाना सञ्चालन गर्दछ । कुल उत्पादनको करिब ६० प्रतिशत उत्पादन भारतमा खपत हुने गरेको कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १ अर्ब ४ करोड खुद नाफा कमाएको वित्तीय विवरणमा देखाएको छ । गत आर्थिक वर्ष भने कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको विवरणपत्रमा देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?