+
+

डलर भाउ बढ्ने क्रम जारी, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते ९:१६

१९ असार, काठमाडौं । बुधबार पनि अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर ११ पैसा बढेको छ । नेपाल राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९२ पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ ३२ पैसा तोकेको छ ।

डलरसँगै रियाल र दिराम भाउ सामान्य बढेको छ भने रिंगिट १ पैसा घटेको छ । बैंकले एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४६ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ३० पैसा तोकेको छ । यो मुद्रा अघिल्लो दिनको तुलनामा ३ पैसा बढेको हो ।

त्यस्तै कतारी रियाल ४ पैसा बढेको छ । यसको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७४ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ५७ पैसा तोकिएको छ । साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७० पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५४ पैसा तोककिएको छ । अघिल्लो दिनको तुलनामा यो ३ पैसा बढी हो ।

सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सटही गर्दा खरिददर मूल्य पाउँछन् भने विदेशी मुद्रा लिनुपर्दा बिक्रीदर मूल्य तिर्नुपर्छ ।

एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ३८ पैसा, खरिददर मूल्य २८ रुपैयाँ २६ पैसा छ । १० जापानी यनको बिक्रीदर मूल्य ८ रुपैयाँ २८ पैसा छ भने एक क्यानेडियन डलरको बिक्रीदर मूल्य मूल्य ९७ रुपैयाँ ५२ पैसा तथा अस्ट्रेलियन डलरको ८९ रुपैयाँ ५ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?