+
+

भारतको उत्तर प्रदेशमा भागदौड हुँदा मृत्यु हुनेको संख्या ११६ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते ९:२१

१९ असार, काठमाडौं । भारतको उत्तरप्रदेशमा धार्मिक मेलामा भागदौड हुँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिकाहरु छन् ।

यो घटना हाथरसको फुलरई गाउँमा मंगलबार भएको थियो ।

गाउँमा भोले बाबा भनिने साकार हरि बाबा नामका एक सन्तको सहभागितामा सत्संग आयोजना गरिएको थियो । उनी कार्यक्रमस्थलबाट फर्किने क्रममा उनलाई छुन चाहनेहरु दौडिन थाल्यो । त्यही क्रममा भागदौड मच्चियो र मानिसहरु किचिए ।

स्वास्थ्यकर्मीहरुका अनुसार शवहरु यति धेरै भए कि पोष्टमार्टम गर्नसमेत हम्मेहम्मे पर्‍यो । घटनास्थलको भिडियो हेर्दा अवस्था निकै हृदयविदारक र भयावह देखिन्छ ।

मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गर्दै २४ घण्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

उत्तर प्रदेशका मुख्य सचिव मनोज कुमार सिंहले मिडियाहरुलाई दिएको जानकारी अनुसार भिड व्यवस्थापनका लागि प्रबन्ध नमिलाइँदा मानवीय क्षति भएको बताएका छन् ।

उनका अनुसार कार्यक्रममा ८० हजार जनालाई सहभागी हुने अनुमति थियो । तर त्योभन्दा धेरै संख्यामा कार्यक्रमस्थलमा मानिसहरु भेला भएका थिए ।

घटनास्थलमा पुगेका उत्तर प्रदेश सरकारका एक जना मन्त्री सन्दीप सिंहले मृतकका परिवारलाई दुई लाख रुपैयाँ घाइतेहरुलाई उपचारका लागि ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?