+

कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा

२०८१ असार  १९ गते ९:४६ २०८१ असार १९ गते ९:४६
कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा

१९ असार, काठमाडौं । कोलम्बिया र ब्राजिल अमेरिकामा जारी कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

समूह चरणको अन्तिम खेलमा यी दुई टोलीले १-१ को बराबरी खेलेपछि कोलम्बिया र ब्राजिलले अन्तिम आठमा स्थान बनाएका हुन् ।

कोलम्बिया तीन खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्यो । तीन खेलबाट ५ अंक जोडेर ब्राजिल समूह उपविजेताको रुपमा क्वाटरफाइनल पुगेको हो ।

क्यालिफोर्नियास्थित लेभी स्टेडियममा भएको खेलको १२औं मिनेटमै राफिन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

तर पहिलो हाफको इन्जुरी टाइममा ड्यानिएल मुनोजले कोलम्बियाका लागि बराबरी गोल फर्काए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

अब क्वाटरफाइनलमा कोलम्बियाले तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी  समूह सी को उपविजेता पानामासँग खेल्नेछ । ब्राजिलले भने समूह सी को विजेता तथा अर्जेन्टिनासँगै सर्विधक १५ पटक उपाधि जितेको उरुग्वेसँग खेल्नेछ ।

समूह डी कै अर्को खेलमा कोस्टारिकाले पाराग्वेलाई २-१ ले हराएर पहिलो जित निकाल्यो । तर तीन खेलबाट ४ अंक जोडेको कोस्टारिका समूह चरणबाटै बाहिरियो । पाराग्वे भने सबै तीन खेलमा पराजित हुँदै अंकविहीन हुँदै बाहिरियो ।

कोस्टारिकाका लागि फ्रानसिस्को काल्भा र जोसिमार अल्कोसरले गोल गरे । पाराग्वेका रामोस सोसाले एक गोल गरे ।

कोपा अमेरिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय